रुकुम पश्चिममा लगाइएको निषेधाज्ञा हटाइयो
रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट लगायतका क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । आज एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाइएको उल्लेख गरिएको छ ।
रुकुम पश्चिमका केही व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बजारका अन्य व्यक्तिहरूलाई पनि संक्रमण बढ्ने अनुमान गर्दै प्रशासनले चार किल्ला तोकेर भदौ गते १५ गतेबाट एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । जसले गर्दा सदरमुकाम मुसिकोट खलङ्गा सहित आसपासका बजारहरू पुर्णरुपमा बन्द रहेका थिए भने आवतजावतमा पनि कडाइ गरिएको थियो ।
निषेधाज्ञा हटेसंगै सोमबार बिहानबाट बजारहरू खुल्नेछन् भने जनजीवन पनि सामान्ने बन्दै जानेछन् । निषेधाज्ञा हटाएको भए पनि कोरोना भाइरसबाट जोगिन सरकारले बेला बेला जारी गरेका निर्देशन र सूचनाको पूर्ण रूपमा कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ । त्यस्तै प्रशासनबाट प्रदान हुने सेवामा समेत विभिन्न बारहरू तोकिएको छ ।









प्रतिक्रिया राख्नुहोस्