स्याङ्जामा एकै दिन थपिए २२ जना कोरोना सङ्क्रमित

स्याङ्जा । स्याङ्जामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेका बेला आज एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
शनिवारसम्ममा पाँच जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्याङ्जामा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा स्याङ्जामा २२ जना थपिएका हुन् ।
आज थपिएका २२ जनासँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
कुल सङ्क्रमित तीन सय ३७ रहेकोमा तीन सय आठ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना सङ्क्रमणका कारण दुई जनाको सङ्क्रमितको मृत्यु भएको छ ।
पक्राउ परेका १९ जुवाडेमा पनि कोरोना पुष्टि
यही भाद्र १२ गते पुतली बजारको दुई स्थानबाट पक्राउ परेका १९ जना जुवाडेमा पनि कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भाद्र १२ गते पुतली बजार–१ र १४ वडा मा गरी १९ जना पक्राउ गरेको थियो ।
पक्राउ परेका १९ जना मध्ये दुई जना विदेशबाट आइ क्वारेनटाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख विष्णु काफलेले जानकारी दिनुभयो ।
पक्राउ परेका १९ जुवाडेको क्लोज कनट्र्याक्टमा रहेकाहरूको लिस्टिङ भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
सरकारी कर्मचारी केही दिन अघि बिरामी भएपछि अस्पताल समेत गएकाले अस्पताल र उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«सिङ सुरु गरिएको प्रमुख शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्