तपाईँ सुन्दै हुनुहुन्छः

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत झापाको कनकाई–३ बस्ने ४५ बर्षीया एक महिलाको आज मृत्यु भएको छ ।

झापाको मेची अस्पतालबाट रिफर भएर बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी ती महिला लामो समयदेखि मधुमेह पीडित थिइन् ।

मेची अस्पतालबाट उपचार हुन नसकेपछि थप उपचारका लागि भदौ १८ गते बिपी प्रतिष्ठानमा रिफर भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुना साथ स्वाब सङ्कलन गरेर पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै आज मृत्यु भएको प्रवक्ता प्रा.डा.सापकोटाले बताउनुभयो ।

मृतक महिलाको शव व्यवस्थापन गर्ने काम भइरहेको प्रा.डा.सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button