कोरोना सङ्क्रमितको तनाव कम गर्न आइसोलेसनमा पुस्तक अभियान

जुम्ला । जुम्लाका युवाहरूले आइसोलेसनमा पुस्तकालय बनाउने अभियान थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र जागौँ कर्णाली नेपाल जुम्लाका युवाहरूले आयोजनामा जुम्लाका आठै स्थानीय तहका आइसोलेसनमा पुस्तकालय बनाउने अभियान थालेको युवा धनराज सुनारले बताउनुभयो ।
उहाँका,“सबैले किताब उपलब्ध गराएर सहयोग गरौँ, आइसोलेसनमा अध्ययन गरी कोरोनाको त्रासपूर्ण मानसिकताबाट हटौँ” भन्ने नारासहित युवाहरू जुटेर आइसोलेसनमा पुस्तकालय बनाउने अभियान थालनी गरिएको हो ।
उहाँले भन्नुभयो, “जुम्लाका आठ वटै स्थानीय तहमा ५०÷५० बेडका आइसोलेसन बनाएका छन् । कतै खाली कतै सङ्क्रमित बसेका छन् । सङ्क्रमितहरू १४ दिनपछि घर जाँदा के हुने हो, कसैले कहीँ भन्ने हुन की, खत्तम भयो भन्ने जस्ता तनाव लिएर बस्छन् । त्यही तनाव, त्रास कर्म गर्न विभिन्न लेखकका पूसतक दिने र पढ्ने बानीको विकासका साथै क्षमता आत्मबल बढाउन आइसोलेसनमा पुस्तकालय अभियान सुरु गरेका हौँ ।”
चन्दननाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको आइसोलेसनमा १५ वटा किताब र ३० वटा होम क्वारेन्टिनमा कसरी बस्ने तरिका वा ध्यान दिनुपर्ने पम्प लेट उपलब्ध गराएको छ ।
त्यसै गरी निर्माण व्यवसायी सङ्घको भवनमा निर्माण गरिएको आइसोलेसनमा २५ वटा किताब र ५० वटा पम्प लेटसहित उपलब्ध गराएको युवा सुनारले बताउनुभयो ।
विभिन्न लेखकका किताब सङ्कलन गर्ने र सङकलित किताब आइसोलेसनमा उपलब्ध गराउनुका साथै सङ्क्रमितले अध्ययन गरी मानसिक तनाव हटाउने उद्देश्य रहेको छ ।

जुम्लामा छ महिनामा आठ हजार पाँच सय आठ जनाको कोरोना पिसिआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएको मध्ये २१२ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्क्रमित मध्ये एक सय २५ जना निको भएर घर फर्किसकेका छन् । अहिले ८७ जना सक्रिय संक्रमिण आइसोलेसनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्