तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा थप ७८ जना कोरोना संक्रमण पुष्टि


सुनसरी । सुनसरीमा आइतबार थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा धरान उपमहानगरपालिकाका ७१ जना र इटहरी उपमहानगरपालिकाका ७ जना गरी ७८ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।

आज थपिएका सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ सय ८० पुगेका जस मध्ये ४ सय १७ जना निको भएका छन् भने पाँच सय ५७ जना जिल्लामा सक्रिय संक्रमित रहेका र ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button