चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज बिहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।
छातीमा समस्या भई ती पुरुष भदौ १२ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पुगेका थिए । उनको भदौ १३ गते परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनको अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
योसँगै चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्