गण्डकी प्रदेशमा ६९ जना कोरोना सङ्क्रमित थपिए

तनहुँ । गण्डकी प्रदेशमा ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान कास्कीको पोखरा महानगरका २० जनासहित प्रदेशका गोरखा, बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ र नवलपुर जिल्लामा गरी ६९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
पोखरा महानगर भित्र सङ्क्रमण पुष्टि हुनेमा पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत २० र २३ वर्षीया स्टाफ नर्स, महानगरका ३, ४, ७, ८, १० र २७ वडाका ६ महिला र १४ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
त्यसै गरी आज बिहान नै बागलुङ काठे खोलाका २१ र २७ वर्षका २ पुरुष तथा ४६ वर्षीया महिला , स्याङ्जा पुतली बजारका २४ देखि ७६ वर्ष उमेर समूहका २१ पुरुष तथा ४५ वर्षीया एक महिला, लमजुङ बेसीसहरका २९ वर्षका पुरुष तथा ३१ वर्षीया महिला, तनहुँका ४ पालिकाका २४ देखि ७६ वर्ष उमेर समूहका ६ पुरुष तथा २३ वर्षीया एक महिला , गोरखा आरुघाट र पालुङटारका २८ र ३८ वर्षीय २ पुरुष तथा नवलपुर मध्यबिन्दु नगरपालिकाका १२ वर्षीय बालकदेखि ४४ वर्ष उमेर समूहका ११ पुरुष तथा ४५ र ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्