जिपले ठक्कर दिदा एकजनाको मृत्यु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं. ५ मुडुलिचौपारीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आर्यभञ्ज्याङ रामपुर सडक खण्डमा आर्यभञ्ज्याङबाट खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको ना ३ च ८८०८ नंम्बरको बलेरो जीप अनियन्त्रीत भई पैदलयात्री सोही स्थानका ६० बर्षका भुपाल सिह रानालाई ठक्कर दिदा मृत्यु भएको हो ।
गम्भीर घाइते रानाको उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा पठाईएकोमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीको नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्