तपाईँ सुन्दै हुनुहुन्छः

सबै ओलम्पियनको कोरोना बिमा गरिनेः एनओसी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्न भएको छ ।

कमिटीको शनिबार बसेको अर्चुुअल बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको हो ।

यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी र खेल प्रशिक्षकको पनि १ लाख रुपैयाको कोरोना बिमा गरीने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुुभयो ।

कमिटिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले राष्ट्रिय टोलीमा आवद्ध सबै खेलाडीको कोरोना बिमा गरीदिन सरकारसंग माग गरीएको अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

यस्तै ओलम्पिक कमिटीले कोरोना संक्रमित ओलम्पियन जितबहादुर केसीको स्वास्थ्य लाभको कामना गरेको छ ।

शनिवारको बैठकले कोरोना प्रभावका कारण गएको चैत देखी ठप्प रहेका खेल गतिविधिलाई चलायमान बनाउन आफ्नै मापदण्ड बनाउने निर्णय गरेको छ ।

विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्धारा जारी मापदण्डका अतिरिक्त छुटै प्रोटोकल बनाउन डा. शरोजकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिईएको छ ।

प्रोटोकल जारी भएपछि कार्यालयको काम संगसंगै अन्य खेल गतिबिधि पनि स्वास्थ्य मापदण्ड पालना गरी संचालन गरीने एनओसीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button