तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा ९ महिने बालक सहित ३७ जनामा कोरोना पुष्टि

दाङ । दाङको तुलसीपुरका १९ जना सहित जिल्लामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार ४०४ जनाको कोरोना परीक्षण गर्दा तुलसीपुरका १९ जना सहित ३७ जनामा संक्रमण देखा परेको हो ।

प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्ती अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १४३ जनाको नमुना स्वाव परीक्षण गर्दा १९ जनामा कोरोना देखीएको हो । यस्तैगरी घोराही र नारायणपुरबाट संकलित १९८ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

तुलसीपुरमा संक्रमित हुनेमा ९ जना पुरुष र १० जना महिला रहेका छन् । वडा नम्बर १ , ८ र १७ मा १–१ जना, वडा नम्वर ५ र ६ मा ४–४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना,वडा नम्बर १८ मा २ जना , वडा नम्वर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button