तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका १२ वर्षीय बालकको कोरोना रिपोर्ट नेगेटिभ

वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका १२ वर्षीय बालकको कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएका बालकको कोरोना परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्साको बिरुवा गुठी घर भएका १२ वर्षीय बालकको मृत्युपछि स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको डा.चौरसियाले जानकारी दिनुभयो ।

हिजो नारायणी अस्पतालमा भर्ना भएका बालकमा ज्वरो र दुवैतर्फ छातीमा कडा खालको निमोनिया देखिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button