तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा आज थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमित हुनेहरूमा बाँकेका सात जना, बर्दियाका छ जना, सुर्खेतका दुई जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ९२ नमुना परिक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button