स्यानिटाइजरको आयातसंगै आन्तरिक उत्पादनमा वृद्धि
काठमाडौं । कोरोनाको संक्रमण देखिएपछि नेपालमा स्यानिटाइजरको आयातसंगै आन्तरिक उत्पादन समेत बढेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ५ महिना गत चैतदेखि साउन सम्म करीब ३७ करोड रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको देखिएको छ ।
यसै अवधिमा नेपालमै करिब ३० करोड बढीको स्यानिटाइजर उत्पादन भएको औषधि उत्पादक संघले जनाएको छ ।
‘हाल ४० वटा औषधि उद्योगले स्यानिटाइजर उत्पादनका लागि अनुमति लिसकेकोमा ३० वटा उद्योगले नियमित स्यानिटाइजर उत्पादन गरिरहेका छन ।
नेपालमा अघिल्लो वर्षसम्म खासै स्यानिटाइजरको माग थिएन ।








प्रतिक्रिया राख्नुहोस्