तपाईँ सुन्दै हुनुहुन्छः

अछामको कैलाश खोलाको किनारमा एक जना महिला मृत अवस्थामा फेला

अछाम – अछाममा एक महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ खाना ढिला पकाएको विषयमा रेश्माको श्रीमान् नीरजसँग सामान्य विवाद भएको थियो ।

शुक्रबार राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शव आज बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठी श्रीमतीको क्यान्सरका कारण मृत्युभएपछि निरजले साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका माइती घर भएकी रेश्मासँग चार महिना पहिले मात्रै विवाह गरेका थिए ।

मृतकको जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको छ । पछिल्लो समय अछाममा आपराधिक तथा हिंसाका घटना बढिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button