तपाईँ सुन्दै हुनुहुन्छः

पेस्तोलसहित तीन जना पक्राउ

लहान । सिराहा प्रहरीले नलकटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको गस्ती टोलिले मिर्चैया नपा – ५ बाह्रविघाबाट शुक्रवार बेलुका स्थानीय १९ वर्षीय ज्ञानु कुमार मण्डल, मिर्चैया -६ का २० वर्षीय अजय शर्मा र ३९ वर्षीय रमेश साहलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरीले चेक जाँचको क्रममा को. ३५ प ४०१३ नम्बरको मोटरसाइकलबाट मण्डल र साहलाई पेस्तोलसहित पक्राउ गरेको हो भने उनीहरूले बाह्रविगहामै रहेको शर्माको पसलबाट नलकटुवा लिएको भन्ने भनाइको आधारमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button