मन्त्री नेम्बाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रालयका उच्च अधिकारीमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री नेम्बाङको शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
मन्त्री नेम्बाङका प्रेस संयोजक सन्दिप राईकाअनुसार मन्त्रीको परीक्षण रिपोर्ट शुक्रबार साँझ नै आएको हो । मन्त्रालयका अन्य कर्मचारी, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको परीक्षण रिपोर्ट आउन बाँकी रहेको संयोजक राईले जानकारी दिनुभयो । मन्त्री नेम्बाङ गत बुधबारदेखि होम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्