तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा लकडाउन खुकुलो, एक साता थपियो

रुपन्देही । रुपन्देहीमा व्यापार व्यवसाय आन्तरिक रूपमा निश्चित समयका लागि सञ्चालनमा आउन दिने गरी लकडाउन खुकुलो बनाइएको छ ।

आज शनिवार बसेको कोभिड नियन्त्रण तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भोलि आइतबारदेखि लकडाउन खुकुलो गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनुभयो ।

यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ः०० बजेसम्म कायम रहनेछ ।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ ।

यस्तै विभिन्न नाका प्रयोग गरेर गैर कानुनी रूपमा नेपाल भारत आउन जान पनि रोकेको छ । तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button