तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा भोलिदेखि लकडाउन खुकुलो हुने

बुटवल- रुपन्देहीमा भोलि आइतबारदेखि लकडाउन खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बजार खुल्न पाउनेछन्।
व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी रुपन्देही प्रशासनले आदेश जारी गरेको छ। दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्।

व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button