तपाईँ सुन्दै हुनुहुन्छः

कृषि ज्ञान केन्द्र झापाको सेवा नयाँ भवनबाट सञ्चालन

भद्रपुर, झापा । कृषि ज्ञान केन्द्र झापाले नयाँ भवनबाट सेवा प्रवाह गर्न शुरु गरेको छ ।

बिहीबार एक संक्षिप्त समारोहका बीच प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर मगरले उद्घाटन गर्नु भएपछि कार्यालयको प्रशासनिक काम नयाँ भवनबाट शुरु गरिएको कार्यालय प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।

कृषि मन्त्रालय अन्तर्गत ०७३ चेैतमा निर्माण शुरु भई ०७५ असार मसान्तमै निर्माणको काम सकिए पनि विविध कारणले भवन हस्तान्तरण र उद्घाटनको कार्य रोकिएको थियो ।

समारोहका प्रमुख अतिथि राज्यमन्त्री मगरले नयाँ सुविधा सम्पन्न भवनबाट चुस्त–दुरुस्त एवम् सहज ढंगबाट कृषिसम्बन्धी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले अथतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको आधुनिकीकरणमा प्रदेश सरकारले जोड दिएको पनि उल्लेख गर्नुभयो ।

भवन २ करोड १६ लाखमा सम्पन्न भएको हो । उद्घाटन समारोहका अवसरमा सम्झौता अवधिभन्दा अगावै निर्माणको काम सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी कबुमार उप्रेतीलाई सम्मान पनि गरिएको थियो ।

ज्ञान केन्द्रको चालु आर्थिक वर्ष ०७७÷०७८ मा ११ करोड बजेट रहेको सूचना अधिकारी गणेश शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button