बारामा २४ जनामा कोरोना संक्रमण पुष्टि

बारा । बिहीबार बाराको कलैया उपमहानगरपालिकामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि हुनेमा उपमहानगरपालिका वडा नं. १ का ७ जना, वडा नं.४ का ४ जना, वडा नं.५ का तीन जना, वडा नं.६ का २ जना, वडा नं.७ का ३ जना, वडा नं. ८ का १ जना, वडा नं.९ का १ जना, वडा नं.१० का १ जना, वडा नं. ११ का १ जना र वडा नं. १४ का १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।
बारामा अहिलेसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्