तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवमै नाग्म–गमगडी सडक ग्राभेल सकिने गरी काम हुुदैँ

लकडाउनकै बीच ग्राभेल भएको नाग्मगमडी सडक । तस्बिरः सागर परियार

जुम्ला । चालु् आर्थिक वर्ष भित्रै नाग्म गमगडी सडकलाई ग्राभेल गरी सकाउने सडक डिभिजन जुम्लाको दाबी छ । पर्यटकिय मार्गका रुपमा हेरिने नाग्म गमगडी सडकलाई चालु आवमा ग्राभेल सक्ने गरी काम भईरहेको छ । गत आर्थिक वर्षमा नाग्म गमगडी सडकको ग्राभेल, स्तबृद्धिका लागि करिब १४ करोड विनियोजित थियो । त्यसमा नौ करोड ४८ लाख मात्रै खर्च भयो । तर ठेकेदारहरुकै कारण बीचमा ग्राभेलको काम अलपत्र भयो । करिब १९ किलोमिटर ग्राभेल हुनुपर्नेमा नौ किलो मिटर मात्रै भएको छ ।

प्रमुख इन्जिनियर लीला बहादुर भण्डारीले भन्नुभयो, “नाग्मगमडी सडकको ग्राभेल तथा सुधारमा ठेकेदार लकडाउनले गर्दा दोहोरो असर पर्यो, तर चालु आवमा नाग्म सडकको ९३ किलोमिटर सडक ग्राभेल गरेरै छाड्छौ । त्यसका लागि ६ वटा ठेक्का भई काम संचालनको अबस्थामा रहेका छन् ।”

हिमा गाउँपालिकाको क्षेत्रमा ग्रोभेल गर्ने ठेकेदारले बीचमै काम छोडेका कारण ग्राभेल अलपत्र भएको थियो । तर त्यहा पनि काम शुरु हुने प्रक्रियामा छ । भने १५ देखि २० किलोमिटरको दुरीमा काम गर्ने गरी, छिटो सकाउने गरी ६ वटा ठेक्का मार्फत ग्राभेलको काम अघि बढिरहेको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले बताउनुभयो ।

दुईलेनको बनाउने लक्ष्य अनुसार नाग्म गमगडी सडकको ४२ किलोमिटर सडक चौडाई बनाएको छ । काम हुने भनेकै फागुन चैतमहिना यता हो तर काम गर्ने सिजनमै निरन्तर लकडाउन भएपछि लक्ष्य अनुसार काम हुन नसकेको उहाँको भनाई छ । भयो । तर चालु आवमा बजेट खर्च लक्ष्यअनुसार गरेरै छाड्ने उनको दाबी छ ।

 

लकडाउनले ३९ करोड खर्च हुन सकेन्

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लडकडाउनले गर्दा विभिन्न विकासे कार्यालयको करोडौ बजेट फ्रिज भएको छ । पूर्वाधार विकास कार्यालयदेखि सडक डिभिजन कार्यालयका करोडौ बजेट लकडाउनका कारण खर्च हुन नसकी फिर्ता भएको हो । जसमा सडक डिभिजन कार्यालयमा आएको बजेट मध्य लकडाउनका कारण साढे ३९ करोड बजेट फिर्ता भएको छ ।

गत आवमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट, र मुगुमा सडक निर्माण, मर्मत सम्भार, पुल निर्माण, नयाँ ट्रयाक निर्माण ग्राभेल लगायतका शिर्षकमा आएको करिब साढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो ।

उनले भने, “विभिन्न सात वटा शिर्षकमा विनियोजित ८६ करोड ४५ लाख बजेट मध्य कोरोना त्रासका बीच पनि ४६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ । भने बाँकी ३९ करोड ५१ लख ६४ हजार बजेट कोरोना त्रासले गर्दा चाहेर पनि खर्च गर्न सकिएन् ।”

कोरोना त्रासले गर्दा ३९ करोड विकासे बजेट फिर्ता भएपछि विकास निर्माणमा बाधा भएको छ । तर पनि लकडाउनकै बीच सडक डिभिजनले दर्जनौ योजनाहरु सम्पन्न गरेको छ ।

रणनीतिक सडक मर्मत संभार मुगु, कालिकोट र जुम्ला, शिर्षकका सात योजना, रणनीतिक पुल निर्माण तथा पुलेसा संरक्षण शिर्षकका तीन योजना, स्थानीय सडक पुल निर्माण अन्तरर्गत दुई पुल सम्पन्न, राजमार्ग स्तरोन्नती तथा पुन स्थापना कार्यक्रम अन्तरगत चार योजना सम्पन्न भएका छन् । भने, मनाङ, मुस्ताङ र डोल्पा जुम्ला सडक निर्माण अन्तरगत चार योजना, नेपालगन्ज सुर्खेत दैलेख बजार महावुलेक गाल्जे भातडी रतडा नाग्म गमगडी सडक शिर्षकका चार योजना सडक पूर्वाधार विकास कार्यक्रमका सात वटा योजना गरी जम्मा दुईदर्जन योजना सम्पन्न भएका हुन् ।
साथै भौतिक प्रगती तर्फ सामरिक महत्वका सडक मर्मत सम्भार एक सय ९७ किमी, पूल निर्माण दुई वटा, कालोपत्रे तथा सर्वे डे«सिङ १९ किमि, ग्राभेल सडक १७ किमि, नयाँ ट्रयाक निर्माण २७ किमि र सडक चौडा ७४ किलोमिटर गरिएको प्रमुख ईन्जिनियर भण्डारीको भनाई छ ।

लकडाउनकै बीच ग्राभेल भएको नाग्मगमडी सडक । तस्बिरः सागर परियार

प्रतिक्रिया राख्नुहोस्

Back to top button