हेटौंडाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको ट्रक, एक जनाको मृत्यु

पाल्पा । हेटौंडाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको प्रदेश ३–००१ अ यो–००७१ नम्बरको ईकेके ईन्फ्रास्टक्चर कम्पनीको मिनि ट्रक ओरालो बाटोमा अनियन्त्रि भई आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही जिल्ला बागमती नगरपालिका–६ घर भएका ३० वर्षका सन्तोष गहतराजको रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
उनको घटनास्थलमा नै मृत्यु भएको हो । तार जालीका सामान लिएर रामपुर जाँदै गरेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ ।
गाडीमा चालकसहित तीन जना रहेकोमा एक जना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्