कृषकका लागि सहयोग कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग
भक्तपुर । भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले प्रदेश सरकारसँग कृषि, भेटनरी तथा पशु सेवा लगायतका कार्यालयहरू समायोजन कार्य अगाडि नबढाउन माग गरेको छ ।
सङ्घले आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र पठाउँदै वागमती प्रदेशबाट प्रदेशभरिका कृषि, भेटनरी तथा पशु सेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरूलाई एकीकृत गरी एकद्धार प्रणालीबाट सेवा दिने भन्ने विषय जानकारी आएकोमा सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कृषि तथा पशुपालनका क्षेत्रमा थप सहयोग, अनुदान तथा घरघरमा प्राविधिक सेवा पर्ुयाउनुपर्नेमा कार्यालय समायोजनको विषयले गम्भीर बनाएको सङ्घका अध्यक्ष हरिप्रसाद नेपालले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,‘सङ्क्रमणले किसानहरूलाई अन्योलताको अवस्था सृजना गराएको छ ,कृषि तथा पशुजन्य उत्पादनहरूको विक्री वितरण हुन सकिरहेको छैन ,यसै गरी कृषिका लागि आवश्यक रासायनिक मल, विजन तथा पशु आहार पनि समयमै उपलब्ध हुन नसकेकोले सोचेजस्तो उत्पादन हुने देखिँदैन यही अवस्थामा प्रदेश सरकारले यस्तो कदम चाल्नु किसानको हित विपरीत छ ।’
र्
कृषि उत्पादन तथा पशुपालनमा अग्रस्थानमा रहेको जिल्ला भक्तपुरका चार वटा नगरपालिकाका वडाहरूमा अझैँ पर्याप्त कृषि तथा पशुपालन सम्बन्धी ज्ञान तथा जानकारीहरू पुर्याउन नसकिरहेको अवस्थामा दुवै कार्यालयलाई एक बनाई कर्मचारी समेत समायोजनले कृषि तथा पशुपालनका क्षेत्रमा सहयोग पुग्ने अवस्था देखिँदैन’विज्ञप्तिमा उल्लेख छ ।
सङ्घले भूकम्पबाट बिस्तारै अगाडि बढिरहेका किसानलाई फेरी कोरोना भाइरसले पिडा थपिदिएको भन्दै कृषि तथा पशुपालन गरिरहेका कृषकहरूको लागि अझै थप सहयोग, अनुदान तथा सहुलियतपूर्ण ऋण सहितका सहयोग कार्यक्रमहरू ल्याउनका लागि वागमती प्रदेश सरकारसँग माग गरेको छ ।
यस्तो विषम परिस्थितिमा कार्यालय समायोजन कार्य अगाडि नबढाउनुहुन भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले माग गरेको अध्यक्ष नेपालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्