तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना बिमा गर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्यो

बाँके । नेपालगन्जस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा कोरोना बिमा गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

नेपालगन्जस्थित शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक यज्ञबहादुर बस्नेतले बन्दाबन्दीको सुरुवातमा कोरोना बिमा गर्नेहरूको चासो नदेखिए पनि पछिल्लो समय बिमा गर्नेहरूको सङ्ख्या बढेको बताउनुभयो ।

शिखर इन्स्योरेन्सले नेपालगन्ज क्षेत्रमा असारसम्म दुई हजार एक सयको कोरोना बिमा गरेकोमा त्यसपछिको डेढ महिनामा दोब्बर बढीको बिमा भएको छ ।

कोरोना बिमा गरेका व्यक्तिमा सङ्क्रमण देखिएमा एक लाख रुपैयाँ बिमा कम्पनीले भुक्तानी गर्छ । शिखर इन्स्योरेन्समा बिमा गराएका मध्ये २० बिमा सङ्क्रमण देखिएको छ ।

उनीहरू मध्ये एक जनालाई बिमा बापतको रकम भुक्तानी समेत गरिसकिएको क्षेत्रीय प्रबन्धक बस्नेतले जानकारी दिनुभयो ।

दर्जनौँ बिमा कम्पनीहरूमा बिमाका लागि सिफारिस लिन पछिल्लो समय वडा कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालेको छ । वडा कार्यालयबाट सिफारिस गर्दा बिमा शुल्कमा ५० प्रतिशत छुट हुने गरेको छ ।

सिफारिस नभएको अवस्थामा बिमा गर्दा ६ सय रुपियाँ भुक्तानी तिनुपर्दछ । स्थानीय तहको सिफारिस भएपछि तीन सय रुपियाँ मात्रै तिनुपर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button