तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा ७सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button