तपाईँ सुन्दै हुनुहुन्छः

सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान

भक्तपुरकोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button