भेडापालनलाई थप व्यावसायिक बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने माग
म्याग्दी । भेडापालन गर्दै आएका म्याग्दीका किसानले परम्परागतरुपमा घुम्ती गोठ राखेर हुँदै आएको भेडापालनलाई थप व्यावसायिक बनाउन तीनै तहको सरकारले प्रोत्साहन गर्नुपर्ने माग राखेका छन् ।
म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालन गर्दै आएका किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकार प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउन आफूहरुको माग रहेको धवलागिरि गाउँपालिका–४ खिबाङका भेडापालक कृषक खिमदल पुनले बताउनुभयो ।
म्याग्दीमा हाल करीब ५० जना कृषकले व्यावसायिक रुपमा भेडापालन गर्दै आएको र २० हजार जति भेडा पालिएका भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुुसुमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्