चोरी गर्ने गिरोहका एक सदस्य पक्राउ
दिनानाथ यादव, सप्तरी । सप्तरीको राजविराज नगर क्षेत्रमा चोरी गर्ने समूहका एक जनालाई चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी पहरीलाई बुझाएका छन् ।
मंगलबार राती राजविराज १० बिरोल चौकस्थित रामकिशुन यादवको घरमा चोरी गरी मोटरसाइकल भाग्न खोज्दै गर्दा राजविराज नगरपालिका १ बस्ने २५ वर्षिय मो. मुस्ताक मियाँलाई स्थानीयले घेरा हाली सामानसहित पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
समूहमै चोरी गर्ने गिरोहका अन्य सदस्य भने अध्याँरोको फाइदा उठाउँदै फरार भएको स्थानियले बताएका छन् ।
मियाँको साथबाट यादवको घरबाट चोरी गरिएका चाँदीका गरगहाना तथा चोरीका लागि प्रयोग गर्ने उपकरण लगायतका सामान फेला परेको प्रहरी निरिक्षक सन्तोष खडकाले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्