उपत्यकामा थप तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप तीन सय ८८जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा तीन सय ५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा नौ जना गरी आज उपत्यका तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर तीन सय २० जना महिला र आठ सय जना पुरुष गरी एक हजार एक सय २० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल ४१ हजार छ सय ४९ सङ्ख्या पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्