करेन्ट लागेर एक जनाको मृत्यु
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज दिउसो घरमा ट्रष्ट लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९, बस्ने ४० वर्षीय लक्ष्मि प्रसाद महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन प्रसाद खाँणले बताउनभयो ।
कावासोती नगरपालिका –२, का कमल प्रसाद पौडेलको घरमा ट्रष्ट लगाउने क्रममा जस्ता पाताले विद्युतको तार छोईन पुग्दा महतोलाई करेन्ट लागेको प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो । करेन्ट लागेर घाइते भएका महतोलाई उपचारकालागि नवलपुर अस्पताल कावासोतीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्