वर्षाले अवरुद्ध ग्रामीण सडक खोल्दै नगरपालिका

मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका आफ्ना नगर क्षेत्रका ग्रामीण सडकहरू खुलाउन यहाँको एक स्थानीय तहले सडक मर्मत कार्य सुरु गरेको छ ।
जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोडने ग्रामीण सडकहरूको खुलाउन आइतबारबाट सुरु गरेको हो ।
वर्षाको पानीले सडकहरू कटान गरेको, पहिरो आएको र सडक भासिएका जिल्ला सदरमुकामबाट नगर क्षेत्र भित्रका सडक पुगेका १३ वटा वडाहरू जोडने सडकहरू एक महिना यताबाट अवरुद्ध हुँदै आएका थिए ।
नगरपालिकाको आफ नै एक्स्काभेटर भएकाले यो वर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ । विगत बर्षहरुमा प्राइभेट एक्स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगर बासीले सास्ती भोग्दै आएका थिए नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।

वर्षाको पानीले गमगढी–बालै–राताचौर सडक,गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुँदै आएका थिए ।
नगरको स्काभेटरले आइतबार गमगढी–तारापानी,सोमबार गमगढी–बालै–राताचौर सडकको ठाउँ ठाउँमा आएको पहिरो, भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडकको को पनि पटक पटक अवरोध हटाएर सडक सुचारु गरिएको छ ।
ग्रामीण सडक खुलेपछि साबिक झैँ स्थानीयहरूलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाउँबाट जिल्ला अस्पतालसम्म एम्बुलेन्स सेवा लिन सहज भएको छ भने गाउँका उत्पादनहरू बजारसम्म र बजारमा उपलब्ध आफ्ना आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ ।
नगरभित्रका यी तीन सडक सहित गमगढी–नाउर–कार्कीवाडा, चौतारा–ढुम–कार्कीवाडा, हाईवय–रारा विमानस्थल र ताल्चा–सल्लेरी–मिली सडक पनि सुचारुका लागी त्यहाँ आएको पहिरो लगायत अन्य अवरोध हटाउने कार्य पनि गर्ने नगरपालिकाले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्