बाँकेमा थप १३ जना कोरोना संक्रमित डिष्चार्ज
नेपालगञ्ज । बाँकेमा आज थप १३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । होटल अतिथि कोहलपुर आइसोलेसनबाट ५ जना, भेरी अस्पतालबाट ४ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट २ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन र बनकटुवा आइसोलेसनबाट १/१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
कोहलपुरका ८ जना, नेपालगन्जका ३ तथा बैजनाथ र राप्तीसोनारीका १/१ जना डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ५९ पुगेको छ ।
अब आइसोलेसनमा ३ सय २० जना छन् । बाँकेमा हालसम्म १ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्