बाँकेमा थप १३ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगञ्ज । बाँकेमा आज थप १३ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार होटल अतिथि कोहलपुर आइसोलेसनबाट पाँच जना, भेरी अस्पतालबाट चार जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट दुई तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन र बनकटुवा आइसोलेसनबाट एक/एक जना निको भएर डिस्चार्ज भएका हुन् ।
कोहलपुरका आठ जना, नेपालगन्जका तीन तथा बैजनाथ र राप्तीसोनारीका एक /एक जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या सात सय ५९ पुगेको छ ।
अब आइसोलेसनमा तीन सय २० जना छन् । बाँकेमा हालसम्म एक हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा हालसम्म छ जनाको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्