बझाङमा पनि समुदाय स्तरमा कोरोना देखियो

बझाङ । बझाङमा हाल सम्म कोरोना भाइरसको संक्रमण भारत वाट आएका मान्छेहरूमा मात्र देखिए पनि पछिल्लो समयमा भने जिल्ला भित्रका मान्छेमा पनि कोरोना संक्रम्रण देखिन थालेको छ । कतै जिल्ला बाहिर नगएका आफ्नै पसल व्यवसायमा काम गर्ने व्यक्तिमा मङ्गलवार कोरोना संक्रमण देखिए पछि कोरोना समुदाय स्तरमा पनि गई सकेको भन्दै स्थानीयहरूमा त्रास फैलिएको छ ।
सदरमुकाम चैनपुरमा औषधी पसल सञ्चालन गर्दै आएका २७ वर्षीय एक जना युवामा कोरोना पुष्टि भएपछि उनलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा राखेको छ । उनी जस्तै बुंगल नगरपालिकामा पनि एक जना स्थानीयमा कोरोना पुष्टि भएपछि अहिले जिल्लामा उच्च सतर्कता अपनाएको छ ।
बझाङ जिल्लामा अहिले सम्म बाहिरबाटै आएका मान्छेहरूमा मात्र कोरोना पुष्टि भएको थियो जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले भने केही दिन यता स्थानीय दुई जनामा कोरोना पुष्टि भएपछि समुदायमा पनि कोरोना गई सकेको प्रस्ट हुन्छ । अव सबैले थप सुरक्षित र सजकता अपनाउनु पर्ने उनले सुझाव दिए ।
केही दिन अगाडी भारत वाट आएका र केही यतै बसेका स्थानीयहरूको गरी ५० जनाको स्वाब परीक्षण गर्न डडेलधुरा पठाएको मध्ये ३६ जनाको कोरोना पुष्टि भएको थियो । यसमा २ जना विगत देखी जिल्लामै बसेका बाहिर कतै नगएका व्यक्ति हुन । लकडाउन भएको समयमा भारत वाट आएका व्यक्तिहरूमा खासै कोरोना संक्रमण नदेखिए पनि अहिले पछिल्लो समयमा भारत वाट आएका व्यक्तिहरूमा अधिकांश कोरोना पुष्टि हुने गरेको छ ।
भारत वाट वाट आएका गाँउलेहरुको समूहका प्राय सबै कोरोना पुष्टि भएपछि अहिले जिल्लाको बुंगल नगरपालिका र दुर्गाथली गाउँपालिकाको ४ र ५ वडा सिल गरिएको छ । जिल्लामा अहिले सम्म ४ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । सङ्क्रमितहरू मध्य दुई सय ८० जना निको भएर घर गएका छन् उनीहरूको स्वास्थ्य अवस्था ठिकै रहेको बताइएको छ । बाँकी अरू संस्थागत आइसोलेसनमा रहेका छन् ।
जिल्लाभित्रका केही मान्छेहरू लाई पनि कोरोना पुष्टि भएपछि अहिले उनीको साथ सङ्गतमा रहेका र घरपरिवारका व्यक्तिहरू लाइृ चेक जाँचको काम भई रहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन् । उनले भने बझाङमा पनि कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएको छ चेक जाँच बढाउने र सजग रहन सबैलाई आग्रह गरेका छौ ।








प्रतिक्रिया राख्नुहोस्