कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट थप एक जना महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर ११ रामनगरकी ७० बर्षिया सोनमति कुर्मीको बुधवार बिहान ९ः०० बजे मृत्यु भएको हो ।
उनी लामो उच्च रक्तचापकी बिरामी थिइन ।
उपचारकै क्रममा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
योसँगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुने सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । कपिलवस्तु नगरपालिकामा दुई, मायादेवी गाउँपालिकामा एक र कृष्ण नगर नगरपालिकाका एक जनाको मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्