तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समूहका भेरी कर्णाली ब्युरो सदस्यसहित दुई जना पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले प्रतिबन्धित नेकपा (विप्लव) समूहका भेरी कर्णाली ब्युरो सदस्यसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका–६ जलजलाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भेरी कर्णाली व्यरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका–२ का ५० वर्षीय महेश भन्ने आइते वि.क र सुर्खेत गुर्भाकोट नगरपालिका–२ का ४२ वर्षीय तिलकबहादुर वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानीय व्यापारी र जनप्रतिनिधिहरूसँग चन्दा मागिरहेको भन्ने गोप्य सूचनाका आधार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता उमाकान्त जोशीले बताउनुभयो ।

निजहरुसँग सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै अभद्र व्यवहार गरेकाले उनीहरूलाई नियन्त्रण लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जोशीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button