तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवाको भीम अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीय महिलाको मङ्गलवार राती ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिनुभयो ।

सूचना अधिकारी डा. पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button