घरमाथिबाट खसेको ढुंगाले लागेर पाल्पामा एकको मृत्यु, एक घाइते
पाल्पा । पाल्पामा घरमाथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । तिनाउ गाउँपालिका–३, श्रीडाँडामा मंगलबार राति माइती घरमा बसेकी २९ वर्षीया समीक्षा चौहानको ढुंगाले लागेर मृत्यु भएको हो । माथागढी ७ रहबास की चौहान छोरीसहित माईत आएकी थिइन् ।
उनकी तीन वर्षीया छोरी करिष्मा गम्भीर घाइते भएको र उपचारको लागी बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुलाई उपचारको लागि बुटवल लगिएकामा उपचारका क्रममा आमा समिक्षाको राति नै मृत्यु भएको हो । गम्भीर घाइते भएकी छोरी करिष्माको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्