सिरहामा थप एक संक्रमितको मृत्यु
लहान । कोरोना पुष्टि भएको सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर–६ बस्ने एक जनाको मृत्यु भएको छ ।
५५ वर्षीय उनी उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको चिकित्सकले जनाएका छन् । उपचारको क्रममा उनको सोमबार राती बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बता उनुभयो ।
मृतक पुरुष मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी रहेको बुझिएको छ । यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या १ महिला र ७ पुरुष गरी ८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्