वीरगञ्जमा ४२ कोरोना संक्रमित निको भई डिस्चार्ज
वीरगञ्ज । वीरगञ्जबाट आज साँझ ४२ जना संक्रमितहरु कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
वीरगञ्जका विभिन्न अस्पतालको आसोलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये ४२ जना कोरोना निको भई घर फर्र्किएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
यो सँगै पर्सामा कोरोनामुक्त हुनेहरूको संख्या ७ सय ४७ पुगेको छ ।
यसैबीच आजसम्म पर्सामा कोरोना संक्रमितहरूको संख्या २ हजार २ सय ११ पुगेको छ । हालसम्म पर्सामा १ हजार ७ सय १८ जना पुरूष र ४ सय ९३ जना महिलामा कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ ।
यता कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेहरूको संख्या ३९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्