तपाईँ सुन्दै हुनुहुन्छः

‘बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहश अन्र्तगत आयोजित ऊर्जा व्यापार सम्बन्धी वेभिनार कार्यक्रममा उहाँले हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउनु भयो ।

उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको भन्दै भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेकोले सरकार–सरकार(जीटुजी) मार्फत भारतलाई बिजुली विक्री गर्न लाग्नु आवश्यक भएकोमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button