तपाईँ सुन्दै हुनुहुन्छः

मेची प्रादेशिक अस्पतालमा ७५ बेडको आइसोलेसन सञ्चालन


भद्रपुर, झापा । झापाको सदरमुकाममा रहेको मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनमा सुविधा सम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको पुरानो भवनमा कोरोना सङ्क्रमित राख्दा जोखिम बढ्ने भएपछि नयाँ भवनमा आइसोलेसन सेन्टर व्यवस्थापन गरिएको हो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सोमबार सो आइसोलेसन सेन्टरको उद्घाटन गर्नुभयो ।

आइसोलेसन वार्डको उद्घाटन गर्दै राज्यमन्त्री गजमेरले सेनाको सुरक्षा घेरामा सञ्चालन हुने कोरोना पुष्टि भएका तर लक्षण नदेखिएका बिमारीलाई मात्रै राखिने जानकारी गराउनु भयो ।

अस्पतालको उत्तरतर्फबाट बिमारी ल्याउने–लैजाने व्यवस्था गरिएकोले सुरक्षित हुने भन्दै अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोतेलले यसले नयाँ भवनको बाँकी निर्माण कार्य पनि अवरोध नहुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button