तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १६ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज १६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । आज खुल्ला कारागार आइसोलेसनबाट ७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट ४ जना, मेडिकल कलेज चिसापानी आइसोलेसनबाट २ जना तथा होटल इन्द्रेणी, होटल सिटी प्यालेस र कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १/१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ४६ पुगेको छ । अब आइसोलेसनमा २ सय ९१ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button