तपाईँ सुन्दै हुनुहुन्छः

अछामका दुई नगरपालिका थप एक हप्ता सिल

अछाम । अछामका दुई नगरपालिका थप एक हप्तासम्म पूर्ण रुपमा सिल गरिएका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखिम बढेपछि जिल्ला सदरमुकाम समेत रहेको मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिका थप एक हप्ता शिल गरिने भएको हो ।

गत भदौ ९ गतेदेखि एक हप्ता शिल गरिएका ती दुई नगरपालिका पुनः एक हप्तासम्म पूर्ण रुपमा सिल गरिएको हो । अब दुईटै नगरपालिका भदौ २३ गते राती १२ बजेसम्म सिल गरिने छन् ।

आज जिल्ला प्रशासन कार्यालय, अछाममा बसेको डीसीसीएमसीको बैठकले साँफेबगर र मंगलसेन नगरपालिकामा ‘सिल’ को अवधि एक साता थप गर्न सुझाव दिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यस अवधिमा अस्पताल, स्वास्थ्य चौकी, विद्युुत कार्यालय, नेपाल टेलिकम, औषधि पसल, पेट्रोल पम्पहरु खोल्ने र बाढी, पहिरो रोकथाम र प्राकृतिक प्रकोप न्युुनिकरण, कोरोना रोकथाम सम्बन्धिका काम गर्न पाईने जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button