२२ लाख मूल्य बराबरको अवैध समान बरामद
कञ्चनपुर । सशस्त्र प्रहरीले चालु आवको डेढ महिनाको अवधिमै भारतबाट भन्सार छलेर ल्याउदै गरेको २२ लाख मूल्य बरावरको समान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वी गण कञ्चनपुर तथा मातहतका गुल्म तथा बोर्डर आउट पोष्टहरुले चालु आबको डेढ महिनाको अवधिमा २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारी साधान लगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
सीमा क्षेत्र हुदै भारतबाट अवैध रुपमा भित्राईएका सामान मोवाईल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताउनुभयो ।
उनका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुँदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलीया बरामद गरी डिभिजन वन कार्यालयमा बुझाईएको छ ।
भन्सार छलेर भारतबाट नेपाल भित्राउदै गरेको ६ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछा लगायत बरामद गरी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनु भएको छ ।
सशस्त्र प्रहरीका सीमा क्षेत्रमा राखिएका विओपीहरु त्रिपालमुनि, अस्थायी टहरामा समेत सञ्चालन हुदा बस्नका लागि पनि सशस्त्र प्रहरीलाई असहज छ ।








प्रतिक्रिया राख्नुहोस्