तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामान बोक्न प्रयोग गरिएका मोटरसाईकल भन्सार पठाइयो 

बारा । भन्सार छलिको सामान ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाईकल बारा प्रहरीले भञ्सार पठाएको छ ।

इलाका प्रहरी कार्यालय कवही गोठ र प्रहरी चौकी मटिअर्वा बाराबाट छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको तीनवटा मोटरसाइृकल र भन्सार छलीको समान भन्सार कार्यालय वीरगञ्ज पठाएको हो ।

भन्सार पठाएको मोटरसाईकल सहित मालसमानको मुल्य करिब ५ लाख रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले भन्सार पठाएको मालसमानमा केराउँ चार बोरा र चिनी ६ बोरा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button