बाँकेमा थप ३८ जनामा कोरोना संक्रमण

नेपालगन्ज । बाँकेमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । कोहलपुर नगरपालिकाका १७ जना, नेपालगन्ज उपमहानगरपालिका ८ जना, खजुरा गाउँपालिकाका ६ जना र स्वास्थ्य संस्थाहरुमा कार्यरत ७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४० पुगेको छ । हालसम्म ७ सय ३० जना निको हुँदा ६ जनाको भने मृत्युु भइसकेको छ








प्रतिक्रिया राख्नुहोस्