तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाले तरकारी बजार अस्तव्यस्त, उपभोक्ता मारमा

कञ्चनपुर । करिब ६ महिनामा अघि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड —१९)का कारण विश्व अर्थ बजार धरासयी भएको अवस्थामा नेपालमा समेत विभिन्न क्षेत्रमा त्यसको प्रत्यक्ष असर परिरहेको छ । कोरोना भाइरसका कारण विभिन्न व्यवसायमा असर परेका बेला कञ्चनपुरमा व्यावसायिक तरकारी खेती गरिरहेका किसानहरू समेत अहिले समस्यामा परेका हुन ।

अहिले तरकारी खेती गर्दै आएका युवा निराश बनेका छन् । वैदेशिक रोजगारीबाट भर फर्केर आफ्नै देशमा केही गरी खानु पर्छ भन्ने ध्येयका साथ तरकारी खेतीमा जुटेका निरञ्जन जन धामी कोरोनाका कारण देशै भर लकडाउन र निषेधाज्ञा गरिए पछि मारमा परेका छन् ।

करिब १२ लाख लगानी गरी विभिन्न प्रकारका तरकारी खेती गरी गरेका धामी तरकारी फलेको बेला कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भएसँगै उहाँले घाटा मात्रै बेहोर्नु परेको बताएका छन् ।

बारीमा फलेको तरकारी किसानले कसै गरी बजारसम्म पुर्याएपनी स्थानको अभाव र बेचबिखन गर्ने निश्चित ठाउँ नहुँदा बिचौलियाहरूलाई कमिसन दिएर सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता भएको कृषक बताउँछन् ।

कृषकलाई एकातिर तरकारी बजार मा ल्याउँदा बिचौलियाका कारण सस्तोमा बेच्नुपर्ने बाध्यता रहँदै आएको छ भने त्यही तरकारी पसलमा उपभोक्ताले खरिद गर्दा तेब्बर मूल्यमा किन्नुपर्ने बाध्यता उपभोक्ताको बाध्यता रहेको छ ।

तरकारीको क्षेत्र बिस्तारदेखि लिएर उत्पादन बढाउने सम्बन्धमा जिल्लामा प्रधानमन्त्री कृषि परियोजना अन्तर्गतका कार्यक्रम गरिरहेको र गत विगत देखि सूचना मार्फत जानकारी गराएर आफ्नो माग बताउन आग्रह गरेको भए पनि कोरोनाका कारण केही समस्या आइरहेको तर केही सहज वातावरण भए कृषि खेतीतर्फ युवाहरूलाई आकर्षित गर्ने योजना कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्ट बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button