तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर सञ्चालनमा

कपिलवस्तुमा आइसोलेशनको शुभारम्भ
शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ ।

शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएकोे बताउनुभयो ।

यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिनुभयो ।

सुविधासहितको आइसोलेसन सेन्टर शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button