तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा तीन जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज तीन जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मेडिकल कलेज चिसापानी आइसोलेसनबाट दुई जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट एक  जना कोरोना  निको भइ डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या सात सय ३० पुगेको छ । बाँकेमा अब आइसोलेसनमा दुई सय ६६ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button